इटहरीमा आगलागीमा फेसका १६ जनाको उद्धार - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

इटहरीमा आगलागीमा फेसका १६ जनाको उद्धार

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १२ गते २०८१

काठमाडौं, १३ चैत । सुनसरीको इटहरीमा आगोमा फेसका १६ जनाको उद्धार गरिएको छ । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् । आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीय समेत खटिएका छन् ।

सशस्त्र प्रहरीको नं. १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा खटिएको १०५ जनाको टोलीका साथै नेपाली सेना र नेपाल प्रहरीका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ । अझै पनि प्लाजाभित्र ३ जना फसेकाले उद्धारको तयारी भइरहेको छ ।

सम्वन्धित समाचारहरु