विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २९ गते २०८२

काठमाण्डौ – विगत दुई वर्षदेखि प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको शव स्वदेश ल्याउन आवश्यक प्रक्रिया शुरू भएको छ ।

परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपाली दूतावासका प्रतिनिधिले तेल अभिवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’ को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया शुरू भएको जनाएको छ ।

जोशीको शव नेपाल ल्याइसकेपछि पनि ज्यान जानुको वास्तविक कारण र परिस्थितिको सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र उहाँको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधाको लागि उचित पहल गरिने मन्त्रालयले जनाएको छ । जोशीको शव नेपाल ल्याउन अझै केही दिन लाग्नेछ ।

सम्वन्धित समाचारहरु