डल्ले सरायँ मेला प्रतियोगितामा प्रथम सापडाँडा समुह - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

डल्ले सरायँ मेला प्रतियोगितामा प्रथम सापडाँडा समुह

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ९ गते २०८२

प्यूठान । बिगत वर्षदेखि नियमित रुपमा सुरु हुँदै आएको प्यूठानको पुण्यखोला स्थित डल्लेमा प्रतियोगिता सहितको सराए नाँच प्रदर्शन सम्पन्न भएको छ । तिहारमा भाइटिकाको भोलीपल्ट लाग्ने प्यूठानको ऐतिहासिक महत्त्व रहेको डल्ले सराए मेला २०८२ मा सापडाँडा सराय समुह प्रथम भएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी समुहलाई प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगीले नगद ७५ हजारको चेक तथा प्रमाण पत्र प्रदान गर्नुभयो । मेयर योगीले ऐतिहासिक महत्व बोकेको मेलालाई थप व्यवस्थित ढंगबाट सञ्चालन गर्दै यहाँका कला, संस्कृतिक, भेषभुसाको जगेर्ना गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

मेलामा दोस्रो पुण्यखोला सराए समुह र तेस्रो थापडाँडा सराए समुह भएका छन् । विजयी समुहलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।विजेता समुहले क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ८ समुह सहभागी भएको मूल्यांकन समितका संयोजक गेहराज थापाले जानकारी दिनुभयो ।

२०७० सालमा प्यूठानका तत्कालिन सांसद तथा गृहमन्त्री बामदेव गौतमको पहलमा आकर्षक पुरस्कारको व्यवस्थापन गर्ने परिपाटीसंगै सराय मेलामा आकर्षण बढेको पत्रकार सुशील पोख्रेलले जानकारी दिनुभयो । पछिल्लो समय सराय नाँचलाई प्यूठान नगरपालिकाले प्रतियोगितात्मक ढंगबाट अगाडि बढाइरहेको वडा अध्यक्ष नेत्रबहादुर केसीले जानकारी दिनुभयो । कोरोनाका कारण वीचमा दुई वर्ष मेला संचालन नभएपनि नियमित रुपमा मेला लाग्दै आएको उहाँको भनाइ छ ।

करिब ५ सय वर्ष अघि देखि संचालनमा आईरहेको डल्ले सरायँको छुट्टै ऐतिहासिकता छ । जाटबंशिय राक्षसी प्रवृत्तिका राजालाई चन्द वंशिय राजाले प्यूठान राज्यको राजधानी भित्रिकोटबाट लखेट्दै आउँदा डल्ले स्थानमा वध गरिएको खुशीयालीमा वाख्खै, वाख्खै गर्दै हातमा तरवार खुँडा भाला लिएर सराए नाच नाँच्ने गरिएको जानकारहरु बताउँछन्।

डल्ले मेलामा कृषकहरुले स्थानीय उत्पादन विक्रिका लागि राखेका थिए । लायन्स क्लव अफ प्यूठानले मेलामा पुग्ने दर्शकहरुका लागि निःशुल्क माक्स वितरण गरेको थियो । मेला हजारौंले अबलोकन गरेको आयोजकले जानाएको छ ।

सम्वन्धित समाचारहरु