नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा पक्राउ - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ९ गते २०८२

जिल्ला कारागार नवलपरासीबाट फरार रहेका कैदी पाल्पाबाट पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लागु औषध मुद्दामा नवलपरासी कारागारमा रहेका कास्की पोखरा महानगरपालिका वडा नं। २१ बस्ने २८ वर्षीय श्याम मगर भनिने समीर गुरुङ पक्राउ परेका हुन्।भदौ २४ गते कारागारबाट फरार भएका श्याम भनिने समीरलाई पाल्पाको तानसेन नगरपालिका वडा नं। १० साङिखोलाबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले ससुराली घरमा लुकिछिपी बसेका गरूङलाई आइतबार बिहान सवा ३ बजेतिर प्रहरी चौकी प्रभासको टोलीले पक्राउ गरेको बताए।

पक्राउ परेका गुरुङलाई जिल्ला कारागार पाल्पामा पठाइएको चौधरीले जानकारी दिए। जेन–जी आन्दोलनको क्रममा भदौ २४ गतेपछि कारागारबाट फरार भएका कैदी बन्दीहरू प्रहरीको निगरानी र खोजीका कारण पक्राउ पर्ने क्रम जारी रहेको छ।