स्वर्गद्वारीमा सातौ राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता २०८२को उद्घाटन - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारीमा सातौ राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता २०८२को उद्घाटन

सन्तोष सुनार
सन्तोष सुनार
पौष १० गते २०८२

प्यूठान । स्वर्गद्वारीमा सातौ राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता २०८२ को उद्घाटन भएको छ । विहिवार “स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद खेलकुद हाम्रो सान खेलाडी उत्पादनमा हाम्रो अभियान” नाराको साथ विद्यालय स्तरीय सातौँ राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता २०८२ को नगर खेलमैदान स्वर्गद्वारी नगरपालिका ४ बाझिपुरमा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको हो । प्रतियोगिता उद्घाटन पछि नगर उप्रमुखले स्वर्गद्वारी नगरपालिकाले खेलकुद, स्वास्थ्य , कृषि , पशु लगायत क्षेत्रमा पहिलो प्राथामिकतामा रहेर काम गरेको बताउदै सहभागी सबै विद्यालयका खेलाडीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशराज भट्टराईले स्वर्गद्वारी नगरपालिकाबाट खेलाडी उत्पादन भई जिल्ला , प्रदेश र राट्रिय खेलाडीको रुपमा देख्ने थलोको रुपमा रहने बताउदै विगतका प्रतियोगीता भन्दा अझ उत्कृष्ठका साथ आयोजकले सम्पन्न गर्नेछ भन्दै सबै खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । प्रतियोगीतामा सबै खेलाडी अनुशासन भई खेलकुद खेल्नुहुनेछ र विजेताको लागी शुभकामना वडा अध्यक्ष गिर बहादुर घर्तिमगर व्यक्त गर्नु भएको थियो ।

उद्घाटनको दिन खेलाडीहरु र दर्शहरुको उपस्थित रहेको खुसी व्यक्त गर्दे राजनितिज्ञ दामोदर कालाथोकीले शुभकामना दिनुभएको थियो । आज उद्घाटनमा लमजममा प्रथम छात्रमा अमर मावि, दोस्रो गङ्गेश्वरी र तेस्रोमा विद्यानन्द मावि भएको छ भने छात्रामा जनता मावि, दोस्रोमा अमर मा.वि र तेस्रो कोचिबाङ भएको प्रेम भुसालले जानकारी दिनुभयो । आजै सटपुट र ज्यालीङ थ्रो प्रतियोगीता भएको भुषाले बताउनु भयो ।

भोली विहान ८ बजे देखी तिन हजार मिटर दौड प्रतियोगीताबाट सुरु रहेको खेलकुद व्यवस्थापन समितीले जनाएको छ ।