आज सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैया घट्यो - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

आज सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैया घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ९ गते २०८२

प्यूठान अनलाई न्यूज डेक्स। तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६ सय रूपैयाँले कारोबार भइरहेको छ। हार बिदा अघि कात्तिक तीन गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ तोकिएको थियो। आइतबार भने सुन प्रतितेला दुई लाख ४१ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको हो। अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो। मूल्यले लगातार रेकर्ड बनाइरहँदा मंगलबार भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको थियो।

मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले लेखेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।गत शक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४१ सय १३ डलरमा कारोबार भइरहेको थियो। शनिबार र आइतबार भने अन्तर्राष्ट्रिय बजार बन्द रहन्छन्। आइतबार चाँदी भने तोलामा दुई सय ६५ रूपैयाँले घटेर तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ।

कात्तिक तीन गते चाँदी तोलामा तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भइरहेको थियो।

सम्वन्धित समाचारहरु