माओवादी केन्द्र, नेकपा एससहित विभिन्न दल र समूहको आज एकता घोषणा हुँदै - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

माओवादी केन्द्र, नेकपा एससहित विभिन्न दल र समूहको आज एकता घोषणा हुँदै

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १९ गते २०८२

काठमाण्डौ – माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीसहितका विभिन्न आठ समूहले आज एकता घोषणा गर्दैछन् । काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा उनीहरुले आज दिउँसो एकता घोषणा गर्न लागेका हुन् । एकता घोषणा सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहितका नेताहरूले सम्बोधन गर्ने तयारी छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ राजनीतिक दलले गएको आइतवार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ नेकपा रहने जनाएका छन् । चुनाव चिह्न पाँचतारे तारा रहने भएको छ । तर एकतामा नजाने र असंतुष्ट यी दल र समूहका नेताहरु भने अलग्यै छलफल र अरु दलको शीर्ष नेतृत्वसँग छलफलमा जुटेका छन् ।

नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास भक्तपुरको गुन्डुमा पुगेर भेटवार्ता समेत गर्नुभएको छ । माओवादी केन्द्र सहितका दलले एकता गर्ने निर्णयपछि एकीकृत समाजवादी सम्मानित नेता खनालसहितका नेताहरू असन्तुष्ट रहेका थिए ।

सम्वन्धित समाचारहरु