१५ लाख बोरा रासायनिक मल कोलकता बन्दरगाहबाट नेपाल भित्रिँदै ः साल्ट ट्रेडिङ कर्पोरेशन - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

१५ लाख बोरा रासायनिक मल कोलकता बन्दरगाहबाट नेपाल भित्रिँदै ः साल्ट ट्रेडिङ कर्पोरेशन

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३१ गते २०८२

प्यूठान अनलाईन डेक्स । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकता बन्दरगाहमा प्राप्त भइसकेको जनाएको छत्यो मल नेपालस्थित कर्पोरेशनका गोदाममा ल्याउने काम भइरहेको कर्पोरेशनले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले हालै चार लाख ४० हजार बोरा युरिया र दश लाख ८३ हजार बोरा डीएपी गरी कुल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो ।

गोदाममा आइरहेको मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारबाट पालिकालाई कोटा वितरण भइसकेको जानकारी प्राप्त भएको पनि कर्पोरेशनले जानकारी दिएको छ ।

रासायनिक मलको अभाव भएको किसानको गुनासोपछि मल खरिदको जिम्मेवारी प्राप्त निकायमध्ये एक साल्ट ट्रेडिङले विज्ञप्तीमार्फत पछिल्लो जानकारी सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा कर्पोरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध समेत गरिएको छ ।

सम्वन्धित समाचारहरु