एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउँछन्ः प्रचण्ड - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउँछन्ः प्रचण्ड

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २६ गते २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा ९एमाले० छाडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने बताएका छन् । आज बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले एमालेका सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने विश्वास व्यक्त गरेका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावा कुरा गर्ने गरेको पनि बताए । नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताउँदै उनले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’

केही दिनअघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० कम्युनिष्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । सो पार्टीमा आज डा।रावलको मातृभूमि जागरण अभियान समाहित भएको हो ।

सम्वन्धित समाचारहरु