प्यूठान नगरपालिकाले फलफूल र तरकारीमा कर उठाउने - Pyuthan Online
फागुन ५ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

प्यूठान नगरपालिकाले फलफूल र तरकारीमा कर उठाउने

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १८ गते २०८२

प्यूठान । प्यूठान नगरपालिकाले नगरपालिका बाहिरबाट आउने तरकारी तथा फलफूलमा कर उठाउन सुरु गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को पहिलो नगरशभाले नगरपालिका भित्रने सबैखाले फलफूल तथा तरकारीमा कर लिने निर्णय गरिएको र बिहिबारदेखी कर उठाउन सुरु गरिएको प्यूठान नगरपालिकाले जनाएको छ ।

प्रतिकेजी २० पैसाका दरले कर लिने निर्णय नगरपालिकाले गरेको छ । तरकारी तथा फलफूलको आयात कम गर्न र नगरपालिका भित्रकै किसानलाइ कृषिमा जोड्न आयातमा करको ब्यवस्था गरिएको हो । नगरपालिकाको प्राथमिकता भनेको जिल्ला बाहिरबाट आउने तरकारी तथा फलफूलको आयात रोक्ने नै हो । हालको निर्णयले अन्तरपालिकाको आयातमा पनि कर लाग्ने छ । प्यूठान जिल्लाकै अन्य स्थानिय तहबाट फलफूल तथा तरकारी प्यूठान नगरपालिकामा आए त्यसको पनि कर लाग्ने छ ।