पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
फागुन २ गते २०८२

कास्की – पोखरामा आज बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–६ पामेमा बिएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा कार चालक स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई अहिले पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको ज्यान गएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनापछि सशस्त्र प्रहरी उपरीक्षक सिंहको कमाण्डमा गोताखोरसहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

टोलीले बेहोस अवस्थामा चालकलाई तालबाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेज लगेकामा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । क्रेनको सहायताले कार निकालिएको छ । दुर्घटनाको थप अनुसन्धान भैरहेको छ ।

सम्वन्धित समाचारहरु