डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १५ गते २०८२

काठमाण्डौ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटेको हो ।

त्यस्तै हवाई इन्धन ९आन्तरिक० तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढेको छ । नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १४१ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ४३ रूपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ४४ रूपैयाँ पर्नेछ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २८ रूपैयाँ कायम भएको छ ।

सम्वन्धित समाचारहरु