गणतन्त्रको रक्षा गर्नु हाम्रो आवश्यकता हो ः दुर्गा पौडेल - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

गणतन्त्रको रक्षा गर्नु हाम्रो आवश्यकता हो ः दुर्गा पौडेल

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २७ गते २०८२

बैशाख २७ गते ,प्यूठान । गणतन्त्रको रक्षा गर्नु हाम्रो आवश्यकता रहेको राष्ट्रिय जनमोर्चाको केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले बताएकी छिन । शनिवार “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ संघिता खारेज गरौ” भन्ने मुल नाराको साथ प्रतिगामी खतराको विरुद्ध संघर्ष गरौँ गणतन्त्रको रक्षा गरौ राष्ट्रिय जनमोर्चा जिल्ला समिती प्यूठानद्वारा आयोजित स्वर्गद्वारी नगरपालिका ४ जिमुर पाटामा भएको पालिका स्तरीय जनचेतना सभामा यस्तो बताएकी हुन ।

वर्तमानको परिवेशमा मुलुकमा रहेका ठूला पाटीको व्यावहार र देशलाई खोक्रो अवस्थामा बनाईरहेको हुदा जनतामा वितृष्ण देखिएकाले प्रतिगमन तत्वहरु सर्वराई रहेको समेत बताएकी थिइन । देशमा रहेको संघियता खारेज गरेपछि आर्थिक अवस्थामा सुधार आउने समेत धारणा राखेकी थिइन ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाको केन्द्रिय सदस्य एवम मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले जाति, भाषा, जन्संख्या, धर्ममका आधारमा राजनितिक गर्नु मुर्खता बताउदै देश तथा समाजमा अराजकता फैलाउनु भएको बताएका थिए । सभ्य समाजको निर्माण गरौ विकास निर्माणमा हातेमाले गरेर अगाडी बढौ धारणा राखेका थिए । प्यूठान जिल्लामा रहेको प्रमुख धार्मिक स्थल स्वर्गद्वारी मन्दिरलाई अझ व्यवस्थित गर्न स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गर्नुपर्ने समेत बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला समन्य समिती प्यूठानका अभ्यक्ष ज्ञानुरामा न्यूपानेले ठूला पार्टी भनेर दम्भ नदेखाउ सभ्य तरिकाले जनता र देशको हित हुने गरी विकासमा जोड गरौ भन्ने टिप्पणी गरेका थिए । विदेशी दलालको चाकडी होइन देश र जनताको समस्याको समधानको मध्यनजर गरेर अगाडी बढ्न राजनैतिक दलहरुलाई आग्रह समेत गरेका थिए ।

जलुकेबाट जिमुरपाटा सम्म गणतन्त्रको रक्षा गरौ , भ्रष्ट्रचारको अन्त्य गरौ लगायतका विषयमा प्लेकाड मार्फत जुलुस समेत गरेका थिए । कार्यक्रममा रमेश विष्ट र जुमान सिंह केसी पाटीमा प्रवेश गरेका हुन । राष्ट्रिय जनमोर्चा नगर समितिका अध्यक्ष गिर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बेनी प्रदेशका सल्लाहकार सुरेश थापा , जिल्ला उपाध्यक्ष इमान सिंह सड्का , सदस्य मिन राज राना ,पत्रकार तथा जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन नगर उपाध्यक्ष गंगाराम विसीले गरेका थिए ।

सम्वन्धित समाचारहरु