कुवेतमा विषाक्त मदिरा उत्पादन गर्नेलाई मृत्युदण्ड - Pyuthan Online
माघ १० गते २०८२
ब्रेकिङ न्यूज
निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

कुवेतमा विषाक्त मदिरा उत्पादन गर्नेलाई मृत्युदण्ड

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ५ गते २०८२

काठमाडौं । कुवेतको गृह मन्त्रालयले विषाक्त मदिरा सेवनपछि उपचारार्थ अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ । देश निकालामा पर्नेमा ३५ नेपालीसहित ७१ जना छन् ।
कुवेती सञ्चारमाध्यमहरूका अनुसार तीमध्ये पनि मुख्य नाइके मानिएका ४ जनालाई हत्या अभियोग लगाएर मृत्युदण्ड हुनसक्ने छ । यो प्रकरणमा देश निकालामा परेकाहरुलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने भएको छ । कुवेतमा मदिरा सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्धित छ ।

३५ नेपालीसहित ७१ जनादाई देश निकाला गरिने

कुवेतस्थित नेपाली दूतावासले पनि एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन त्यहाँ कार्यरत सबै नेपाली समुदायलाई विशेष अनुरोध गरेको छ । उता, कुवेतको प्रहरीले व्यापक सुरक्षाकर्मी परिचालन गरेर देशैभरि अवैध मदिरा बनाउने कारखानामाथि छापा मारेको छ । छापा मार्ने क्रममा नेपालीसहित सयौँ पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा अवैध बसोबासका मुद्दाहरूमा संलग्न र हालैका मृत्युहरूसँग सम्बन्धित खतरनाक अवैध मदिरा बनाउने कारखानामा कार्यरत रहेका छन् । कुवेतको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आवासीय र श्रम कानुन उल्लंघन गरेको आरोपमा २ सय ५८ जनालाई पक्राउ गरिएको जनाएको छ ।

सुरक्षाकर्मीहरूले मिथानोलको उत्पादन र वितरण गर्नेमाथि कडा कारबाही गरिने बताएका छन् । अवैध विषाक्त मदिराका सेवनका कारण १६ नेपालीसहित २३ जनाको मृत्यु भएको र १६० जना घाइते भएका थिए । जसमध्ये धेरैजसो नेपालीसहित एसियाली नागरिक रहेका छन् ।

मन्त्रालयले अनुसन्धानका क्रममा नेटवर्कका प्रमुख, एक बंगलादेशी र ३ नेपाली सहयोगीसहित ६७ जनालाई पक्राउ गरेको जनाएको छ । पूर्णरूपमा सञ्चालनमा रहेका ६ वटा कारखाना बन्द गरिएको छ भने आवासीय र औद्योगिक क्षेत्रहरूमा निर्माणाधीन चार थप साइटहरू कब्जा गरिएको छ । एक नेपालीले मिथानोल–आधारित पेय पदार्थ तयार गर्ने र बेच्ने गरेको स्वीकार गरेको बताइएको छ ।