आजदेखि खाना पकाउने एलपी ग्यास आपूर्ति सहज - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आजदेखि खाना पकाउने एलपी ग्यास आपूर्ति सहज

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ २१ गते २०८२

काठमाण्डौ – नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र अभाव हट्ने दाबी गरेको छ । सहजै ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेका बेला निगमले अब सहज बन्दै जाने जनाएको हो ।

माघ लागेयता मुख्य गरी काठमाण्डौ उपत्यकामा ग्यासको अभाव छ । उपभोक्ताले पालो पर्खिनुपर्ने बाध्यता छ । बिक्रेताले ग्यास छैन भन्दै फर्काउने गरेको र डिपोहरूले समेत अभावले आपूर्तिमा समस्या रहेको बताएका छन् । जाडोमा ग्यासको खपत केही बढ्ने र समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

भारतबाट मासिक ४९ हजार ५ सय मेट्रिक टन ग्यास आउने गरेको छ । नेपाल आयल निगमका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमले अहिले देशभर रहेका ६० वटा उद्योगमा भारतबाट आएको ग्यास उपलब्ध गराएको छ ।

निगमले बजारलाई सामान्य अवस्थामा फर्काउन उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ । साथै चुनावका लागि लक्षित गरी थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने तयारी भैरहेको प्रवक्ता ठाकुरले बताउनुभयो ।

सम्वन्धित समाचारहरु