सुनको भाउ आज तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो - Pyuthan Online
मंसिर १० गते २०८३
ब्रेकिङ न्यूज
दुई किलोभन्दा धेरै सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना चिनियाँ महिला पक्राउ मुक्ति माविको व्यवस्थापन समिति अध्यक्षमा ईश्वर जि.सी ट्रम्प, सी र पुटिनबीच आज ऐतिहासिक भेटवार्ता हुँदै एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै डोल्पा कारागार भागेका थप दुई कैदी पक्राउ दुई किलोभन्दा धेरै सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना चिनियाँ महिला पक्राउ मुक्ति माविको व्यवस्थापन समिति अध्यक्षमा ईश्वर जि.सी ट्रम्प, सी र पुटिनबीच आज ऐतिहासिक भेटवार्ता हुँदै एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै डोल्पा कारागार भागेका थप दुई कैदी पक्राउ

सुनको भाउ आज तोलामा ६ हजार ५०० रुपैयाँले घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर १० गते २०८३

काठमाण्डौ – अस्ति र हिजो दुई दिन लगातार बढेको सुनचाँदीको भाउ आज घटेको छ ।सुनको भाउ आज तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो । सुनको भाउ घटेर आज तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अस्ति सोमबार सुनको भाउ ४ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर तोलाको ३ हजार ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा ३५ र अस्ति ४५ रुपैयाँले बढेको थियो । हिजो चाँदीको भाउ तोलाको ३ हजार १४५ रुपैयाँ रहेको थियो ।