मौवारी बस्तिमा खानेपानीको सुविधा ः धाडँले विश्राम पाएको स्थानीयको भनाई - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

मौवारी बस्तिमा खानेपानीको सुविधा ः धाडँले विश्राम पाएको स्थानीयको भनाई

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ मौवारी बस्तिमा घरघरमा खानेपानीको सुविधा भएको छ । आईतबार एक कार्यक्रमका विच वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले खानेपानी सुविधा गरिएको भनी खुसीयालीमा उद्घाटन गरेका हुन ।

मौवारी वस्तिमा वर्षौदेखी खानेपानी बोकेर खाएको समस्याहरुलाई मध्ये नजर गरी प्रदेशबाट परेको २० लाख बजेट मार्फत १८ घर दुरीलाई बुक खोल्चि मुलबाट पानी ल्याई प्रत्येक घरहरुमा धारा जडान गरी स्थानीयहरुलाई खानेपानीको व्यवस्था गरिएको वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिए । वडा अध्यक्ष घर्तिले भने “हामीले यस वस्तिमा चुनावको बेला पनी खानेपानीको व्यवस्था गर्ने भनेका थियौ बाचा पूरा गरेको छौ ।” वडावासीहरुको समस्या भनेको आफ्नो समस्या भएकाले सधै तत्परका साथ लाग्ने र विकास निर्माण्मा वडावासीहरुको माग तथा योजनाका अनुसार आफु लागी परिरहेको समेत अध्यक्ष घर्तिले बताए ।

खानेपानी घरघरमा सुविधा हुदा बोकेर खादाको पिडा र समस्यामा आफ्नो ढाँडले विश्राम पाएको एक स्थानीयले बताए । खानेपानीले अवको समयमा खानको लागी तरकारी उत्पादन गर्ने , समयको बचत र अन्य काममा समेत सहज भएको बताउदै स्थानीयहरुले वडा अध्यक्ष घर्ति मगरलाई धन्यावाद समेत दिएका छन । कार्यक्रम जनप्रतिनिधि, वडा बासीहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन तिलक सुनारले गरेका हुन ।।