कांग्रेस प्यूठानबाट कांग्रेस उम्मेदवारहरुको नाम सिफारीस - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

कांग्रेस प्यूठानबाट कांग्रेस उम्मेदवारहरुको नाम सिफारीस

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर २४ गते २०८२

प्यूठान । नेपाली कांग्रेस प्यूठानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारीस गरेको छ । जिल्लाबाट प्रत्यक्ष निर्वाचनका लागि प्राध्यापक डाक्टर गोविन्दराज पोख्रेल, खिमानसिंह रायमाझी र लक्ष्मी श्रेष्ठको नाम सिफारीस गरिएको सचिव एनपि मगरले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ देवीराम पुन र निशा योगीको नाम सिफारीस भएको छ । राष्ट्रिय सभा सदस्यका लागि दिवाकर गौतम, ईश्वर सिंह विष्ट, मुक्ति प्रसाद शर्मा, भगवता विष्ट, मान बहादुर ओली, तिलक कुमार विक, सनत श्रेष्ठ, खगेश्वर थापा र कमल पोख्रेलको नाम सिफारीस गरिएको छ ।

आकांक्षी उम्मेदवारहरुको नामलाई जिल्ला समितिको बैठक बसेर सर्वसम्मत रुपमा सिफारीस गरिएको नेपाली कांग्रेस प्यूठानका जिल्ला सभापति विष्णु कुमार गिरीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचारहरु