मुस्ताङमा ३४ बोरा शालिग्राम बरामद - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

मुस्ताङमा ३४ बोरा शालिग्राम बरामद

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १ गते २०८२

मुस्ताङ – मुस्ताङमा प्रहरीले ३४ बोरा शालिग्राम बरामद गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ३ मा रहेको इलाका प्रहरी कार्यालय छुसाङ चेक पोस्टले ३४ वटा बोरामा पोको पारेको ८९४ किलो शालिग्राम शिला बरामद गरेको हो ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमीबाट जोमसोमतर्फ गुडिरहेको जीपलाई शङ्का लागि जाँच गर्दा  शालिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । मुस्ताङको दामोदरकुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवान‍्काे प्रतीकका रूपमा पुज्ने गरिन्छ ।

व्यावसायिक रूपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले निगरानी गर्ने गरेको छ । तर व्यक्तिगत रूपमा फुटकर शालिग्राम शिला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन प्रहरी र एक्यापले छुट दिएको छ ।

मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोमलगायतका ठाउँमा फुटकर व्यवसायीले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन् । मुस्ताङमा पर्यटक आगमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ ।

सम्वन्धित समाचारहरु