जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो - Pyuthan Online
कार्तिक २५ गते २०८२

जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ८ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । ताप्लेजुङको फुङलिङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो ।करेन्टबाट जीपमा आगो लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ । ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।