सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो - Pyuthan Online
असार १५ गते २०८२

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १६ गते २०८२

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलामा एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।