नेप्से सामान्य बढ्यो - Pyuthan Online
वैशाख ५ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

नेप्से सामान्य बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १३ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । शेयर बजार आज सामान्य बढेको छ । हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८५ अङ्कले बढेर २ हजार ६ सय ७५ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर भने डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज कर्पोरेट विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रीन विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, प्योर इनर्जी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्से सामान्य बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम घटेको छ । हिजो ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्वन्धित समाचारहरु