स्वर्गद्वारी वडा नं. ५ सारीले क्यालेण्डर विमोचन - Pyuthan Online
मंसिर १५ गते २०८२

स्वर्गद्वारी वडा नं. ५ सारीले क्यालेण्डर विमोचन

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २४ गते २०८२

बैशाख २४ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारीले वडाको क्यालेण्डर विमोचन गरेको छ । बुधबार वडाले एक कार्यक्रमको बिच नयाँ वर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरेको हो । क्यालेण्डरमा वडामा रहेका पर्यटन स्थल सारी भुवनोट ( मिनि मुस्ताङ) , मन्दिर , जनप्रतिनिधीले गरेका विकास निर्माणका काम , २०४९ साल ,०५४ साल , ०७४ साल मा निर्वाचित जनप्रतिनिधिहरू ,सरकारी निकायका विद्यालयहरू समेत समावेश गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अथिती रहेका नगरप्रमुख टेक प्रसाद भण्डारीले वडा कार्यालयले वडाको पर्यटन क्षेत्र , सरकारी निकाय तथा जनप्रतिनिधीले गरेका विकास निर्माणका कार्यहरु समेत समावेश गरी क्यालेण्डर निर्माण गरेकोमा धन्यवाद दिएका थिए । नगरपालिकाको चिनारी तथा अन्य गतिविधीहरुमा सहि तरिकाले जनसमुदायको समस्याहरुको समधान गर्नु हाम्रो दाहित्व भएकाले सधैभरी तत्परका साथ लाग्न नगरप्रमुख भण्डारीले आग्रह गरेक थिए ।

वडा अध्यक्ष गिर वहादुर घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिध , कर्माचारी , स्थानीयहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव बालारम विष्टले गरेका थिए ।