आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २५ गते २०८२

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ ।

हिजोको खेलमा लिगको पुछारमा रहेको चेन्नईसँग कोलकाता २ विकेटले हारेको हो । कोलकाताले दिएको १ सय ८० रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्‍याे ।

चेन्नईका डेवाल्ड ब्रेभिसले ५२ र शिवम दुबेले ४५ रन बनाए । कोलकाताका लागि वैभव अरोराले ३ विकेट लिए त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । कप्तान अजिन्के राहनेले ४८ रन बनाए यस्तै आन्द्रे रसलले र मनिष पाण्डेले ३६ रन जोडे । चेन्नईका नुर अहमदले ४ विकेट लिए ।कोलकाता ११ अङ्कसहित लिग तालिकाको छैटौं स्थानमा छ । योसँगै कोलकाताको प्ले अफका लागि गणितीय आधार मात्र बाँकी छ ।

चेन्नईले तेस्रो जीतमा ६ अङ्क बनाएको छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको थियो ।आईपीएलमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

सम्वन्धित समाचारहरु