प्यूठानमा झिमरुकको सर्वोदय मावि एसइईमा पहिलो - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्यूठानमा झिमरुकको सर्वोदय मावि एसइईमा पहिलो

शम्भु सुनार
शम्भु सुनार
असार १६ गते २०८२

प्युठान । प्यूठानमा एसइईको नतिजामा झिमरुक गाउँपालिका– २ मा रहेको सर्वोदय माध्यमिक विद्यालय गडेरपानिको सामुदायिक बिद्यालय तर्फ पहिलो भएको छ। एसइई परीक्षा २०८१ को नतिजामा सर्वोदय माध्यमिक विद्यालय गडेरपानिले ९५.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण बनाउदै जिल्लामा प्रथम भएको हो।

गतवर्ष सन्तोषजनक नतिजा हासिल गर्न नसकेको बिद्यालयले यसपटक भने एसइईमा २४ विद्यार्थी सहभागी भएकामध्ये २३ जना उत्तीर्ण भएका छन ।गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बधाई तथा शुभकामना ििददै सफल हुने सम्पुर्ण विद्यार्थीलाई थप प्रगतिको कामना व्यक्त गर्नु भएको हो । शैक्षिकसत्रमा राम्रो नतिजा हासिल गर्न सफल भएकाले शिक्षक, शिक्षिका, बिद्यालय व्यवस्थापन समिति, अभिभावक लगायतलाई सरोकारवाला सबैलाई बधाई आईतबार एक विज्ञप्ति निकाली दिनुभएको हो ।

त्यस्तै लक्ष्मी माद्यामिक बिधालय झिमरुक ४ तेस्रो र बाकी सबै बिद्यालयले सन्तोषजनक नतिजा हासिल गरेकाले यसपटक गतसाल भन्दा उल्लेखनीय सुधार भएको अध्यक्षका स्वकिय सचिव मिलन याम्सीले बताउनुभयो ।

सम्वन्धित समाचारहरु