माओवादी केन्द्रका नेता माधव सापकोटा बैशाख ३० गते प्यूठान आउदै - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

माओवादी केन्द्रका नेता माधव सापकोटा बैशाख ३० गते प्यूठान आउदै

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २६ गते २०८२

बैशाख २६ गते ,प्यूठान । प्रतिनिधी सभाका सदस्य एवम् नेकपा माओवादी केन्द्रका प्रभावसाली नेता माधव सापकोटा (सुबोध ) प्यूठान आउने भएका छन । नेकपा माओवादी केन्द्रको सहायक संगठन,योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसेल) प्यूठानको ५औं जिल्ला सम्मेलनको प्रमुख अथितिको रुपमा सापकोटा यहि बैशाख ३० गते आउन लागेको योङ्ग कम्युनिष्ट लिग नेपाल प्यूठानका संयोजक मोहन परियारले जानकारी दिए ।

साथै उक्त दिन विजुवार बजार परिसरमा बाजा सहित ¥याली गरिने र नयाँ नेतृत्व चयन समेत गरिने संयोजक परियारले बताए । सम्मेलनमा दलका नेतागण तथा कार्यकर्ताहरू, भातृ संगठन,जनवर्गीय संगठन, विद्यार्थी, प्रहरी प्रशासन, सञ्चारकर्मी तथा सबै सम्माननीय शुभेच्छुक महानुभावहरूलाई उपस्थिति लागी संयोजक परयार आवहान गरेका छन । कार्यक्रम जिल्लाको प्रमुख होटेल आयुष्मा जुम्रीमा गरिने भएको छ ।

सम्वन्धित समाचारहरु