रसुवामा साढे ७ किलो भन्दा धेरै सुन बरामद - Pyuthan Online
असाेज १९ गते २०८२

रसुवामा साढे ७ किलो भन्दा धेरै सुन बरामद

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ४ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो ।

सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको सुनको परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

स्याउ लिएर आएको कन्टेनरमा चालकको सिट नजिकै फल्स बटन बनाएर सुन राखेको पाइएको पौडेलले बातए ।

सीमावर्ती बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा प्रहरीले सुन बरामद गरेको हो ।