सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर १६ गते २०८२

काठमाडौं । उत्तर प्रदेशको बलरामपुरमा सोनौलीबाट दिल्ली जाँदै गरेको बस ट्रकसँग ठोक्किद दुईजनाको मृत्यु भएको छ। १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो।

बलरामपुरका प्रहरी अधीक्षक विकास कुमारले बसबाट दुईजनाको शव निकालिएको र १५ जना घाइते भएको बताए। घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।

उनले आगलागीको कारण अनुसन्धान भइरहेको बताए। छ जना यात्रु गम्भीर घाइते भएका र उनीहरूलाई लखनऊ रेफर गरिएको उनले बताए। दुर्घटना बलरामपुरको फुलवारिया बाइपासमा सोमबार राति करिब २ बजेतिर भएको थियो।

प्रहरीका अनुसार बाँकी यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। स्थानीय र प्रहरी घटनास्थल पुगेर उद्धार कार्यमा जुटेका थिए।

सम्वन्धित समाचारहरु