५ जेठ , प्यूठान । अखिल (क्रान्तिकारी) प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लामा हक हित र नागरिकका जनजिविकाको सवालमा निरन्तर रुपमा आवाज उठाईरहेको अखिल(क्रान्तिकारी) जिल्ला समिति प्यूठान विद्यार्थीले आईतबार छिनछिनमा बत्ती जाने र आउने गर्दा सञ्चालन हुदै गरेको स्नातक तह चौथो वर्ष नजिकिदै गरेको ,कक्षा ११ का विद्यार्थीहरुलाई पु¥याएको
असर प्रति संगठनका जिल्ला अध्यक्ष सुशिला घर्ती मगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल लाई विभिन्न माग र सरोकारका विषय समेटी ६ बुँदे ज्ञापनपत्र बुझाईएको हो ।
त्यस्तै नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्र जुम्री प्यूठानका प्रमुख महेन्द्र कुमार दास लाई संगठनको तर्फबाट सोही विषयमा ६ बुँदे ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको अध्यक्ष शुसिला घर्तिमगरले जानकारी दिनुभयो । पत्र बुझेपछि प्रजिअ दिपकराज नेपालले विद्युत प्राधिकरणसँग समस्याको मागप्रति र सरोकारका विषय वस्तुलाई छिटै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष घर्तिमगरले बताउनुभयो ।
शिक्षा भनेको अन्धकारबाट उज्यालो तर्फ लैजाने , चेतनाको विकास गर्ने मार्ग भएकोले यस विषयमा तत्काल अनुमोदन गर्ने प्रजिअ नेपालले बताएको अखिल (क्रान्तिकारी ) प्यूठानले जनाएको छ । अखिल (क्रान्तिकारी ) प्यूठानले जिल्लामा विद्यार्थीको हक अधिकार , अन्यायको विरुद्धमा निरन्तर खबरदारी गर्दै आईरहेको छ ।