आज २५६९औं बुद्ध जयन्ती, विशेष कार्यक्रम गरि मनाइँदै - Pyuthan Online
असार १५ गते २०८२

आज २५६९औं बुद्ध जयन्ती, विशेष कार्यक्रम गरि मनाइँदै

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २९ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । लुम्बिनीमा आज २५६९औं बुद्ध जयन्ती मनाइँदैछ र यसका लागि विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।
बुद्ध जयन्तीको मुख्य समारोहले शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
लुम्बिनी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजनहरू उपस्थित भएका छन्। सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
आज सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।

विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिए ।दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् ।

सम्वन्धित समाचारहरु