२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा - Pyuthan Online
श्रावण २४ गते २०८२
ब्रेकिङ न्यूज
आज रक्षाबन्धन र जनै पूर्णिमा ः दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाईदै आज बागमति प्रदेश सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति भारत उत्तराखण्डको बाढीपहिरोमा परी बेपत्ता हुने नेपालीको सङ्ख्या २२ जना पुग्यो आज रक्षाबन्धन र जनै पूर्णिमा ः दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाईदै आज बागमति प्रदेश सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति भारत उत्तराखण्डको बाढीपहिरोमा परी बेपत्ता हुने नेपालीको सङ्ख्या २२ जना पुग्यो

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २२ गते २०८२

काठमाण्डौ – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ । आयोजक भुटानविरुद्धसँग हिजो भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरे पनि नेपालले लामो समय अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो । भूटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन् । त्यसपछि खेलको ७० औं मिनेटमा नेपालले गोल गर्‍यो । तर असिस्टेन्ट रेफ्रीले अफ साइडको झण्डा उठाएपछि दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन ।प्रतियोगीतामा नेपालले महत्त्वपूर्ण ३ अङ्क जोड्ने मौका गुमाएको छ । नेपाल र भूटानले समान १–१ अङ्क जोडे ।यसअघि बङ्गलादेशमा भएको साफ २० वर्षमुनिको च्याम्पियनशिपमा भने नेपालले भूटानलाई ६–१ र ८–० ले हराएको थियो ।

छनोट समूह ‘ए’ मा नेपालसँगै आयोजक भूटान, साउदी अरेबिया र उत्तर कोरिया छन । समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी–२० वर्षमुनिको महिला एशियन कप खेल्नेछन ।

सम्वन्धित समाचारहरु