धुलाम्मे मच्छिसडकले नेता राजधानी पु¥यायो तर नेता सडक विर्सीय,कालोपत्रेमा झिमरुकले ठेक्का खोल्यो - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

धुलाम्मे मच्छिसडकले नेता राजधानी पु¥यायो तर नेता सडक विर्सीय,कालोपत्रेमा झिमरुकले ठेक्का खोल्यो

शम्भु सुनार
शम्भु सुनार
पौष १६ गते २०८२

प्यूठान । जिल्लाको हिलाम्मे र धुलाम्मे भनेर सधै चर्चामा रहेको मच्छि सडकले धेरै नेतालाई राजधानी पुर्‍यायो तर नेताले सडक विर्सीय पछि बतासेडाँडादेखि सडक कालोपत्रे गर्न झिमरुक गाउ्पलिकाले ठेक्का आव्हान गरेको छ । गाउँपालिकाले बुधवार ९ करोड १० लाख रुपैयाँको ठेक्का आव्हान गरेको गाउँपालिकाले जनाएको छ । सोही बजेटबाट बतासेडाँडादेखि अगाडी अस्फाल्ट प्रविधिको सडक कालोपत्रे हुने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

‘बाग्दुला मच्छि सडकखण्ड मध्ये झिमरुक गाउँपालिकाको क्षेत्राधिकारभित्र पर्ने बतासेडाँडादेखि मच्छिसम्मको सडक गाउँपालिकाले कालोपत्रे गर्ने गरी तिव्र रुपमा काम अगाडी बढिरहेको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो । उक्त सडक पालिकाको मात्र नभई गौमुखी गाउँपालिका हुदै छिमेकी जिल्लामा सम्म जाने सडकको मुख्य मार्ग हो । अध्यक्ष महत्तरा क्षेत्रीले भन्नुभयो, ‘हाम्रो कार्यकालभित्र जसरी पनि सडक कालोपत्रे गर्ने काम पुरा गर्छौ ।’

बाग्दुला भिमगिठे सडक योजनाले वर्षौदेखि प्यूठानीको सपना सपनामै मात्र देखाई रहेको महसुस हुदा गाउँपालिकाको अग्रसरताबीना सडक नबन्ने देखिएपछि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको अध्यक्ष क्षेत्रीको भनाई रहेको छ । सडक नाली र फुटपाथ सहित दश मिटरको कालापत्रे गरिने भएको छ । प्यूठानकै सवैभन्दा व्यस्तमध्येको सडक बाग्दुला मच्छि हो ।

सम्वन्धित समाचारहरु