मौसममा आजदेखि सुधार, प्रि–मनसुनी गतिविधि भने कायमै रहने - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

मौसममा आजदेखि सुधार, प्रि–मनसुनी गतिविधि भने कायमै रहने

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ८ गते २०८२

प्यूठान अनलाईन न्यजडेक्स – अस्ति शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएसँगै आजदेखि मौसममा सुधार आएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार गएरातिदेखि नै मौसममा सुधार भएको र आज हिजो अस्तिको जस्तो पानी पर्ने छैन ।

तर प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आज पनि मौसममा छिटफुट बदली भने रहनेछ । घाम लाग्ने, फेरि बदली हुने क्रम प्रि–मनसुनमा रहिरहनेछ । अब ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने उहाँले बताउनुभयो ।

आज देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आँशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागका एक–दुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ ।