पहिलो टेस्ट क्रिकेटमा बङ्गलादेशले आयरल्यान्डलाई एक पारी र ४७ रनले हरायो - Pyuthan Online
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

पहिलो टेस्ट क्रिकेटमा बङ्गलादेशले आयरल्यान्डलाई एक पारी र ४७ रनले हरायो

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २८ गते २०८२

काठमाण्डौ – पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली बङ्गलादेशले आयरल्यान्डलाई एक पारी र ४७ रनले हराएको छ ।आयरल्यान्डले दोस्रो पारीमा खेलको चौथो दिनको खाना समयपछि २ सय ५४ रन बनाउँदा अलआउट भयो । आयरल्यान्डका एन्डी म्याकब्राइनले अर्धशतक बनाए । बङ्गलादेशका हसन मुरादले ३ विकेट लिए ।

यसअघि सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पहिलो पारीमा २ सय ८६ रन बनाएको थियो । आयरल्यान्डका पल स्टर्लिङ र केड कर्माइकलले अर्धशतक बनाए । बङ्गलादेशका मेहदी हसन मिराजले ३ विकेट लिए ।

बङ्गलादेशले पहिलो पारीमा ८ विकेट गुमाएर ५ सय ८७ रन बनाउँदै आयरल्यान्डलाई फलोअन दिएको थियो । बङ्गलादेशका मेहदी हसन जोए र कप्तान नजमुल होसैन शान्तोले शतक तथा मोमिनुल हक, शदमान इस्लाम, लिटन दासले अर्धशतक बनाए । आयरल्यान्डका म्याथ्यू हम्फ्रेसले ५ विकेट लिए ।

योसँगै दुई खेलको शृङ्खलामा बङ्गलादेशले १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट नोभेम्बर १९ देखि ढाकामा शुरू हुनेछ ।

सम्वन्धित समाचारहरु