निमतारा पोलिक्लिनकमा दन्त तथा आँखा उपचार सेवा बिस्तार - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

निमतारा पोलिक्लिनकमा दन्त तथा आँखा उपचार सेवा बिस्तार

सन्तोष सुनार
सन्तोष सुनार
असाेज ५ गते २०८२

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका ४ विजुवारमा रहेको निमतारा पोलिकील्नीक बिजुवारले दन्त तथा आँखा उपचार सेवा बिस्तार गरेको छ । मित्रमणि चोक नजिकैबाट नियमित विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिकले आईतबार स्थापना भएको तेस्रो बर्षको अवसर पारेर दन्त तथा आँखा उपचार सेवा सञ्चालन गरेको हो ।

पोलिक्लिनिकका सञ्चालक डा.सुवास र डा.प्रकास जिसीका बुबा निमानसिंह जिसी र आमा तारा जिसीले एक कार्यक्रमको आयोजना गरि रिवन काटेर सेवा बिस्तार भएको हो । जिल्लामा सेवाग्राहिको मागलाई विशेष मध्यनजर गरी पोलिक्लिनिकले दन्त तथा आँखा उपचार सेवाको बिस्तार गरिएको पोलिक्लिनिकका संचालक डा.सुवास जिसीले जानकारी दिनुभयो ।

अब जिल्लामा रहेका दन्त तथा आँखाका बिरामीले उपचारमा दुख नपाउने गरि सेवा प्रारम्भ गरिएको डा . जिसीले बताउनुभयो । उक्त बिरामीले बाहिर गएर बढी शुल्क तिनुपर्ने समय खर्चनु पर्ने बाध्यता हटेको सञ्चालक डा. प्रकाश जीसीले बताउनुभयो । आँखा उपचार केन्द्रका संचालक किरण पौडेललका बुबा कासिराम पौडेलले रिवन काटेर सेवा प्रारम्भ गर्नुभएको हो । जिल्लामा रहेका आँखाका बिरामीले नियमित रुपमा उपचार पाउने छन् । उपचार सहित चस्मा समेत उपलब्धता रहेको संचालक किरण पौडेलले जानकारी दिनुभयो ।

पोलिक्लिनिकले जिल्लामा दैनिक बिरामी जाच तथा उपचार सेवा, जनरल फिजिसियन सेवा, भिडियो एक्सरे, प्रयोगशाला, फार्मेसी, इसीजी, महिला तथा प्रसुती रोग बिशेषज्ञ, हाडजोर्नी तथा नसारोग बिशेषज्ञ र बालरोग बिशेषज्ञ सेवा दिदै आएको छ ।

सम्वन्धित समाचारहरु