दशैं टीकाको उत्तम साइत बिहान ११ः५३ बजे - Pyuthan Online
माघ १० गते २०८२
ब्रेकिङ न्यूज
निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

दशैं टीकाको उत्तम साइत बिहान ११ः५३ बजे

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १ गते २०८२

प्युठान अनलाईन न्यूज डेक्स । ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११स्५३ बजे पर्ने जनाएको छ। समितिले सोमबार सार्वजनिक गरेको सूचनामा असोज ६ गतेदेखि बडादशैं सुरु हुने र सो दिन घटस्थापना हुने उल्लेख गरिएको छ।

समितिका अनुसार घटस्थापनाको साइत असोज ६ गते बिहान ९स्१३ बजे पर्छ। यसै दिन घरघरमा जमरा राखी नौ दिनसम्म देवीको पूजा आराधना गर्ने परम्परा रहेको छ। २०८२ सालको दशैंमा घटस्थापनादेखि नवमी र विजयादशमीसम्म विशेष धार्मिक अनुष्ठान हुने जनाइएको छ। असोज १६ गते दशमीका दिन बिहान ११स्५३ बजे टीकाको उत्तम साइत भए पनि भक्तजनले परम्पराअनुसार दिनभर टीका लगाउने चलन रहेको समितिले जनाएको छ। टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।

दशैंलाई नेपालीहरूको सबैभन्दा ठूलो चाड मानिन्छ, जसमा परिवारका ज्येष्ठ सदस्यले आशिर्वादस्वरूप टीका र जमरा दिने परम्परा छ। समितिले साइत तोकिएअनुसार पालना गर्न आग्रह गरेको छ।