स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण कडेल सहित १९ कलाकार आउदै - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण कडेल सहित १९ कलाकार आउदै

सन्तोष सुनार
सन्तोष सुनार
जेठ १० गते २०८२

प्यूठान ।स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण प्रसाद कडेल सहित १९ कलाकार आउन लागेका छन । जिल्लाको प्रमुख धार्मिक स्थल स्वर्गद्वारी मन्दिरको दर्शन गर्न र यस स्वर्गद्वारी नगरपालिकाको विभिन्न पर्यटक ठाउँहरुमा भ्रमण सँगै सास्कृतिकहरु पस्कन आउन लागेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

आउने कलाकारहरुमा चर्चित लोक दोहोरी ईन्दे्रणी कार्यक्रमका सञ्चालक कृष्ण प्रसाद कडेल , छत्र बहादुर साही , रमेश प्रसाई , मनमाया वाईवा , भुमिका बजगाई , दिपक घिमिरे , श्रीराम अधिकारी सहित १९ जना कलाकारहरु आउन लागेको नगरप्रमुख भण्डारीले बताउनुभयो । कार्यक्रमहरु जेठ १२ गते विहान ८ बजे स्वर्गद्वारीमा स्वर्गद्वारी मन्दिरको दर्शन सहित साङ्गेतीक प्रस्तुती रहने , सोहि दिन दिउसो १ बजे स्वर्गद्वारी नगरपालिका वडा नं. ५ मा रहेको सारी भुवनोटमा कार्यक्रम गर्ने र जेठ १३ गते विहान ८ बजे स्वर्गद्वारी नगरपालिका वडा नं. ८ दहचौरमा रहेको शान्ति पार्कमा कार्यक्रम रहको स्वर्गद्वारी नगरपालिकाले जनाएको छ ।

कलाकार आउदा यहाँको पर्यटकस्थलहरुको देशभरी चिनारी हुनुको साथै पर्यटक आई आर्थिकमा टेवा पुग्ने समेत नगरप्रमुख भण्डारीको भनाई रहेको छ । जिल्लामा रहेका सबै धार्मीकस्थल तथा पर्यटन क्षेत्रहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य भएको समेत भण्डारीले बताउनुभयो ।

सम्वन्धित समाचारहरु