आईपीएल क्रिकेटको आजदेखि शुरू कोलकाता र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दै - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आईपीएल क्रिकेटको आजदेखि शुरू कोलकाता र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ८ गते २०८१

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ ।कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । यसपटकको आईपीएल क्रिकेटमा बल चम्काउन थुक लगाउन नपाउने प्रतिबन्ध हटेको छ ।

कोरोना महामारीपछि अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलमा बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । १८औं संस्करणको आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ । 

सम्वन्धित समाचारहरु