नेपाल र जापान एशियन टी ट्वान्टी विश्वकप छनोटको सुपर ६ मा प्रवेश - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नेपाल र जापान एशियन टी ट्वान्टी विश्वकप छनोटको सुपर ६ मा प्रवेश

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २४ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । नेपाल र जापान आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरेका छन् । अस्ति जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपाल पनि सुपर ६ मा प्रवेश गरेको हो ।

समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । जापान भने दोस्रो स्थानमा छ । जापान पनि सुपर ६ प्रवेश गरिसकेको छ ।

लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेल आज जापानसँग खेल्नेछ । यही खेलले समूहको विजेता टुङ्गो लगाउने छ ।