जेठ १३ गते ।इङ्ग्ल्यान्डको लिभरपुल फुटबल क्लबले इङ्ग्लिस प्रिमियर लिग जितेको खुशीयाली मनाइरहेका बेला जम्मा भएका समर्थकको भीडलाई कारले ठक्कर दिँदा कम्तीमा २७ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा चार जना बालबालिका समेत रहेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । सामान्य घाइते २० जनालाई घटनास्थलमै उपचार गरिएको बीबीसीले जनाएको छ ।
समर्थक जम्मा भएको भीडमा कार चलाएको आरोपमा बेलायतका एक पुरुष पक्राउ परेका छन् । घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बेलायतका प्रधानमन्त्री केयर स्टारमरले दृश्यहरू भयावह रहेको र आपतकालीन सेवामा गरिएको तत्कालको प्रतिक्रियाका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । प्रिमियर लिगको यो सिजनको उपाधि लिभरपुलले जितेको थियो ।