बाढीपहिरोका कारण ३० जनाको मृत्यु - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बाढीपहिरोका कारण ३० जनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १९ गते २०८२

काठमाण्डौ, १९ जेठ ।  भारतमा दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर ३० जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै एक लाख जना मानिस प्रभावित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । असमको ब्रम्हपुत्र लगायत १० वटा प्रमुख नदीको जलस्तर बढेको त्यहाँको केन्द्रीय जल आयोगले जनाएको छ । नदी र तल्लो तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन मुख्यमन्त्री हिमन्त विश्व शर्माले आग्रह गर्नुभएको छ । अविरल वर्षाका कारण असमका १२ जिल्लाका १७५ गाउँ डुबानमा परेका छन् ।

अत्यधिक वर्षाका कारण सडक यातायात र रेल सेवा अवरुद्ध भएका छन् । यस्तै गएको शुक्रवारदेखि परेको पानीले सिक्किमका धेरै भाग जलमग्न हुँदा जनजीवन प्रभावित भएका छन् । उत्तर सिक्किमका लाचेन र लाचुङमा सडक बिग्रिएर एक हजार ५ सयभन्दा धेरै पर्यटक फसेका छन् । राजमार्ग नै बाढीपहिरोले क्षतिग्रस्त बनाएका कारण उनीहरूको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले गर्दा टिस्टा नदीमा पनि जल सतह बढेको छ ।।