हङकङ र लाओससँगकाे फुटबलका लागि नेपाली टाेली घाेषणा - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

हङकङ र लाओससँगकाे फुटबलका लागि नेपाली टाेली घाेषणा

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १९ गते २०८२

  जेठ १९ ,काठमाण्डाै – हङकङसँगको मैत्रीपूर्ण फुटबल र लाओससँगको एएफसी एशियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीको कप्तानमा किरण चेम्जोङ छन् । टोलीमा कुशल देउवा र सृजनराज गौतम पहिलो पटक परेका छन् ।

नेपालले हङकङसँग आउँदो बिहीवार र लाओससँग जेठ २७ गते खेल्दैछ । नेपाली टोली भोलि हङकङ प्रस्थान गर्नेछ र त्यहाँबाट लाओस जानेछ ।

किरण चेम्जोङ, अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुना, दीप कार्की, जिलेस्पीजङ्ग कार्की, कृतिशरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोशन कार्की, सनिष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम र योगेश गुरुङ ।