अमर क्याम्पसका चौथौँ वर्षका विद्यार्थीलाई विदाई - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अमर क्याम्पसका चौथौँ वर्षका विद्यार्थीलाई विदाई

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १४ गते २०८२

प्यूठान । अमर क्याम्पसमा अध्ययन गर्ने चौथौँ वर्षका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शनिवार अमर क्याम्पसमा अध्ययन गर्ने प्रथम वर्ष , दोस्रो वर्ष र तेस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीको आयोजनामा क्याम्पसमा एक कार्यक्रमको विच चौथौ वर्षका विद्यार्थीलाई विदाई गरिएको हो ।

कार्यक्रममा प्रमुख अथिति रहनु भएका व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष नेत्र रोकायले विदाई जिवनमा चलिरहने प्रक्रिया भएकाले यसलाई निराशको भावमा नल्याई खुसीको पल र शैक्षिक क्षेत्रमा अगाडि बढेको महशुसको रुपमा लिन विद्यार्थीहरुलाई आग्रह गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा विशेष अथिति रहनु भएका क्याम्पस प्रमुख मधुसुदन अधिकारीले शैक्षिक क्षैत्रमा अगाडी बढेकोमा बधाई दिदै विद्यार्थीको जिवनमा उज्वल भविष्यको शुभकामना दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा क्याम्पस सहायक प्रमुख टिकाराम शर्मा , प्रध्यापक याम शर्माले विदाई मन्तव्य राख्नु भएको थियो । स्ववियु सभापति जीवन रोका मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति सन्तोष सुनारले स्वातग मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव यमुना राउत क्षेत्रीले गर्नु भएको थियो ।

सम्वन्धित समाचारहरु