रोल्पा । रोल्पामा रुखको मुढा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका–६ कालिमाटी सामुदायिक वनमा रुख काट्ने क्रममा मुढा पल्टिएर लाग्दा महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका वडा नम्बर–६ उपल्लो गुम्चालकी २६ वर्षीया प्रतिक्षा बुढाथोकी प्रहरीले जनाएको छ । उक्त वडाको निल बहादुर बिष्टल उत्तिसको रुख ढाली मुढा काट्ने क्रममा मुढा पल्टिँदा बुढाथोकीलाई लागेर घटनास्थलमै मृत्यु भएको हो ।
मुढा काट्ने काम गरिरहेका निल बहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।