कैलालीमा देवरद्वारा १६ दिनकी सुत्केरी भाउजुको हत्या - Pyuthan Online
फागुन ३ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

कैलालीमा देवरद्वारा १६ दिनकी सुत्केरी भाउजुको हत्या

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ८ गते २०८२

धनगढी, असार ८ — कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा १६ दिनअघि मात्रै शिशु जन्माएकी १९ वर्षीया तुलसी नाथ मृत अवस्थामा फेला परेकी छिन्। तीन दिनअघि बिहानै घरनजिकैको नालीमा उनको शव भेटिएको थियो।शुरुमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले उनको २० वर्षीय देवर नवीन नाथलाई हत्या आरोपमा पक्राउ गरेको छ। घटनाको दिन तुलसीले शिशुलाई खोप लगाएर फर्केपछि खानामा भाग थोरै पर्‍यो भनेर गुनासो गरेकी थिइन्। साँझ उनले देवरसँगै खाना खाइन्। राति सबै सुतिसकेपछि नवीनले कोठामा सुतिरहेकी तुलसीको मुख च्यापेर हत्या गरेको प्रहरीको भनाइ छ।

हत्या पछि नवीनले उनको कानका सुनका रिङ र खुट्टाको चाँदीको औँठी निकालेर शवलाई नालीमा फालेका थिए। हराएको गहना नवीनले गिट्टीमा लुकाएर राखेको अवस्थामा फेला पारेपछि उनले अपराध स्वीकारेका छन्। प्रहरीले परिवारभित्रको आर्थिक असन्तोष र मनमुटाव हत्या पछाडि रहेको बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।