प्यूठानमा झिमरुकको सर्वोदय मावि एसइईमा पहिलो - Pyuthan Online
मंसिर २१ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

प्यूठानमा झिमरुकको सर्वोदय मावि एसइईमा पहिलो

शम्भु सुनार
शम्भु सुनार
असार १६ गते २०८२

प्युठान । प्यूठानमा एसइईको नतिजामा झिमरुक गाउँपालिका– २ मा रहेको सर्वोदय माध्यमिक विद्यालय गडेरपानिको सामुदायिक बिद्यालय तर्फ पहिलो भएको छ। एसइई परीक्षा २०८१ को नतिजामा सर्वोदय माध्यमिक विद्यालय गडेरपानिले ९५.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण बनाउदै जिल्लामा प्रथम भएको हो।

गतवर्ष सन्तोषजनक नतिजा हासिल गर्न नसकेको बिद्यालयले यसपटक भने एसइईमा २४ विद्यार्थी सहभागी भएकामध्ये २३ जना उत्तीर्ण भएका छन ।गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बधाई तथा शुभकामना ििददै सफल हुने सम्पुर्ण विद्यार्थीलाई थप प्रगतिको कामना व्यक्त गर्नु भएको हो । शैक्षिकसत्रमा राम्रो नतिजा हासिल गर्न सफल भएकाले शिक्षक, शिक्षिका, बिद्यालय व्यवस्थापन समिति, अभिभावक लगायतलाई सरोकारवाला सबैलाई बधाई आईतबार एक विज्ञप्ति निकाली दिनुभएको हो ।

त्यस्तै लक्ष्मी माद्यामिक बिधालय झिमरुक ४ तेस्रो र बाकी सबै बिद्यालयले सन्तोषजनक नतिजा हासिल गरेकाले यसपटक गतसाल भन्दा उल्लेखनीय सुधार भएको अध्यक्षका स्वकिय सचिव मिलन याम्सीले बताउनुभयो ।

सम्वन्धित समाचारहरु