फिफाले एन्फामाथि लगाएको कोष नियन्त्रणको बन्देज हटायो - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

फिफाले एन्फामाथि लगाएको कोष नियन्त्रणको बन्देज हटायो

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २८ गते २०८२

काठमाण्डौ – विश्व फुटबल महासङ्घ (फिफा)ले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ अर्थात् कोष नियन्त्रणको बन्देज हटाएको छ । चार वर्षपछि गएको बिहीवार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।

एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ । फिफाको पछिल्लो निर्णयसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने भएको छ ।

एन्फाले फिफाको निर्णयलाई नेतृत्वको प्रतिबद्धताको सफल कार्यान्वयनको रूपमा व्याख्या गरेको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशङ्का गर्दै फिफाले सन् २०२१ मार्च १५ तारिखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।

जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो । एन्फाले आज विज्ञप्ति निकालेर संस्था सुधार र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा सकारात्मक मोडमा आइपुगेको जनाएको छ । 

सम्वन्धित समाचारहरु