गौमुखीको अर्खामा एक गोठमा आगलागी ः ६ पशुचौपाय गम्भिर - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

गौमुखीको अर्खामा एक गोठमा आगलागी ः ६ पशुचौपाय गम्भिर

सन्तोष सुनार
सन्तोष सुनार
श्रावण २१ गते २०८२

प्यूठान । जिल्लाको गौमुखी गाउपालिका १ अर्खाको थनिकामा एक गोठमा आगलागी हुदा आधा दर्जन पशुचौपाय जलेर गम्भिर घाईते भएका छन । मङ्गलबार थनिका निवासी धन बहादुर तामाङको गोठमा दिउसो ३ बजेको समयमा आगलागी हुदा एक हल गोरु , गाभिनो भैसी , एक बाच्छो , एक पाडो र पाडी गरी पशुचौपाय जलेर गम्भिर घाईते अवस्थामा रहेको वडा अध्यक्ष दिल बहादुर थापाले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । तामाङ बाख्रा लगेर चराउन जङ्गल जादा बालेको आगो ननिभाई जादाँ आगलागी भएको अनुमान गरेको वडा अध्यक्ष थापाले बताउनुभयो । जलेर गम्भिर भएका पशुचौपायको बाधेको दाम्ला जलेर चुडिदा भाग्न सफल भएको वडा अध्यक्षको भनाई रहेको छ ।

वर्खार्का याममा उक्त गोठमा बस्ने गरेको हुदा नागरिकता , जग्गाको लालपुर्जा र केही नगद रकम भएको बाकस पनि जल्दा पुरै नष्ट भएको छ । त्यस्तै आगलागीमा अन्नपात , लत्ताकपडाहरु, भाडाकुँडा पनि जलेका छन । तामाङलाई स्थानीयबासी , वडा कार्यालबाट केही सहयोग गर्ने वडा अध्यक्ष बताउनु भयो ।

त्यस्तै गाउपालिकाबाट पनि राहतको व्यवस्ता गर्ने उपाध्यक्ष महावीर रानाले बताउनुभयो । आगो बालेपछि पुर्णरुपमा निभाउ, आगोजन्य बस्तुहरु बालबालिकाबाट ताढा राखौ आगलागी हुन र क्षति हुनबाट सुरक्षित रहन उपाध्यक्ष रानाले आग्रह गर्नु भएको छ ।