जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २३ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ सारीका वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य रहेको बताउनुभएको छ । शुक्रबार प्यूठान अनलाईसँग गरिएको कुराकानीमा विकासको आधार समाज एकता भएकाले वडाबासीहरुलाई एकरुपता बनाउन लागेको र आवश्यकता सेवामा लागी परेको बताउनुभयो । जनताको इच्छा र चाहना अनुसार काम गर्न जनप्रतिनिधि हुन निर्वाचनमा जादा जुन प्रतिबद्धता गरेको थिए, ती प्रतिबद्धता अनुसार १, २, ३, ४ गरी प्राथमिकता अनुसार काम गर्दै जान लागेको समेत वडा अध्यक्ष घर्तिले सुनाउनुभयो ।

सामान्यतया जनताको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य, बाटो घाटो ,खानेपानी, वातावरण लगायतका आवश्यकताहरु जुन बढी महत्वपूर्ण छ त्यसलाई प्रथामिकाता साथ अगाडि बढेको समेत घर्तिले बताउनु भयो । उहाले भन्नुभयो “निर्वाचन हुदा एक पार्टीका थियौँ तर अहिले निर्वाचित भएपछि काम गर्दा जहिले पनि व्यक्तिगत निर्णयभन्दा सामुहिक निर्णयबाट काम गरेको छौ । ” कार्यहरुमा वडाबासीहरुलाई घरघरमा खानेपानीका व्यवस्था , सडकको मर्मत , नागरीकताविहिनलाई नागरिकता दिलाउएको , फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण र सेवा प्रदान गरेको वडा अध्यक्ष घर्तिले बताउनुभयो । सामाजीक सुरक्षा भत्ताको नवीकरणका लागी वडाबासीहरुको घरघरमा वडाको समय भन्दा बाहेकको समय साझँ र विहान गरी पुगी गरेको समेत वडा अध्यक्ष घर्तिले बताउनुभयो । जिल्लाभन्दा बाहीर रहेका वडाबासीहरुलाई पनि उहँको निवासमा गएर नविकरण गरेको उहाँको भनाई छ । यो आर्थिक वर्षमा सारीको भु–बनोट व्यवस्थापन , सारी जानको लागी पक्कि पुल , रिङ्गरोड , खानेपानीको लागी प्रदेश सरकारमा बजेटको पहल गरी व्यवस्थापन गरेको र अव काम लगतै सुरु गर्ने वडा अध्यक्ष घर्तिले बताउनुभयो ।

सम्पन्न भएका कार्यहरुमा आवश्यक सल्लाह सुझाव दिन वडाबासीहरुलाई वडा अध्यक्ष घर्तिमगरले आग्रह गर्नुभएको छ । उहाँले वर्तमान समाजलाई परिवर्तन गर्दै समाजका विकृति, विसंगतिका विरुद्ध आवाज बुलन्द गर्नु जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य रहेको बताउनुभयो । युवा वडा अध्यक्ष घर्ति जनताको विकास र सेवाको लागी निरन्तर लागी परेको देख्न सकिन्छ।

सम्वन्धित समाचारहरु