प्यूठान । बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्था संस्थामा आबद्ध सबै सदस्यहरुको दुर्घटना बिमा गरेको छ । संस्थाको स्वीकृत कार्यक्रम अनुसार सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गराएको सस्थाले जनाएको छ । संस्थामा आबद्ध सदस्यहरुको दुर्घटनाका कारण हुन सक्ने भवितव्य जोखिम न्यूनीकरणमा टेवा पुर्याउन दुर्घटना बिमा गरिएको ब्यबस्थापक प्रकाश बैद्यले जानकारी दिनुभयो । संस्थाले सदस्य सेवाका लागि विभिन्न प्रभाकारी कार्यक्रम संचालन गरिरहेको सन्दर्भमा सदस्य दुर्घटना बिमा सदस्य सुरक्षाको थप महत्वपूर्ण कार्यक्रम रहेको उँहाले बताउनु भयो ।
५ हजार ८ सय सदस्य आबद्ध रहेको सस्थाले सदस्यको निधन भएको अवस्थामा २५ हजार मृत्यु राहत कोष प्रदान गर्दै आएको छ भने सुत्केरी भेटघाट ,सदस्य बिमा ,घाट खर्च सहयोग,औषधि उपचार ऋण सहुलियत अस्पतालमा छुट ,लघुबित्त कार्यक्रम ,विभिन्न उत्पादन्मुलक ऋण सेवा ,बचत संकलन जस्ता कार्यक्रमहरु संचालन गरेको छ ।